देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जिपको ठक्करबाट एक वृद्धाको मृत्यु

0

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । बाटो काट्ने क्रममा जिपले ठक्कर दिँदा ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा १४ च १६८६ नम्बरको जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तीव्र गतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका थिए । फरार चालक काभ्रे बेथानचोक गाउँपालिका –३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मासमर्पण गरेको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार