देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जिल्ला अध्यक्ष हुन नपाएपछि गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे एमाले

0

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले पार्टी परित्याग गरेका छन् । नेकपा एमालेका वागमती प्रदेश कमिटी सदस्य क्षत्रिले बुधबार एक विज्ञप्ति जारी गर्दे पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

क्षेत्री २०३८मा एमालेको विद्यार्थी संगठनमा आवद्ध भएका क्षेत्री विद्यार्थीको जिल्ला अध्यक्ष पनि भएका थिए । विद्यार्थीको अञ्चल कमिटी सदस्य हुँदै क्षेत्री पार्टीको नवौं र दशौं महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद्‍मा निर्वाचित भएका थिए ।

भर्खरै सकिएको एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दाबीसमेत गरेका क्षेत्रिले  गएको अधिवेशनमा आफूले अध्यक्षमा दाबी गर्दा पनि नेतृत्व छनोट गर्ने अध्यक्ष मण्डलले कुनै सल्लाह नगरेको उनकाे आराेप छ ।

अध्यक्ष मण्डलले कमल नेपाललाई एमालेकाे जिल्ला अध्यक्ष बनाएकाे छ । माधव कुमार नेपाल एमालेमा रहँदा क्षत्री नेपाल निकट मानिन्थे । नेपालले पार्टी छाडेर एकीकृत समाजवादी पार्टी खाेलेका छन् ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार