देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जिल्ला सभापति थापा क्षेत्रमा पराजित

0

बागलुङ — कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलवार भएको क्षेत्रीय अधिवेशनमा उनी पराजित भएका हुन् ।

खुला १० सदस्यमा चुनाव लडेका थापा निर्वाचनको मतगणनामा १२ औं नम्बरमा पुगेका हुन् । कुल ९ सय २१ मत खसेकोमा थापाले ३ सय ९९ मत ल्याए । महाधिवेशनमा जगदीशचन्द्र उपाध्यायले ६ सय २६ मत ल्याएका थिए ।

क्षेत्र नं १ को अधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल पनि पराजित भए । पराजित दुवै जना संस्थापन पक्षका हुन् । आसन्न महाधिवेशनका लागि भइरहेको जिल्लाका विभिन्न अधिवेशनमा पनि संस्थापनइतर समूह बलियो देखिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार