देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जीवित व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने वडासचिव निलम्बित

0

काठमाडौं – रामेछापको मन्थली नगरपालिका तत्कालीन वडा नं ३(हाल मन्थली नगरपालिका–१२ गेलु)मा कार्यरत वडासचिव शिवकुमार महतो निलम्बनमा परेका छन् ।

आर्थिक लेनदेन गरी जीवितै रहेका व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र बनाएर (एकल महिला) सामाजिक सुरक्षा भत्ता खुवाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछी उनि निलम्बन भएका हुन् ।

अख्तियारले थप अनुसन्धानपछी महतोलाई दोषी ठहर गर्दै महतोविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियारले मुद्दा दर्ता गरेको पत्र मन्थली नगरपालिकाको कार्यालयमा आइतबार प्राप्त भएपछि सोही दिनबाट सचिव महतोलाई निलम्बन गरिएको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए।

सचिव महतोले झुटो विवरण पेस गरी निर्मला खत्रीको जीवितै रहेका श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्र बनाइदिएर एकल महिला सामाजिक सुरक्षा भत्ता खुवाउँदै आएका थिए। हाल उनी मन्थली नगरपालिका–१२ गेलुमा कार्यरत थिए।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार