देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २२ जना पक्राउ

0

काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दार्चुलाको नौगाड गाउँपालिका-३ खार बस्ने मान बहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश सिह ठगुन्ना लगायत १४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ आँपधाप बस्ने नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई  शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार