देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ

0

काठमाडौं – सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साँगाचोकगढी नगरपालिका–५, धाउचेतका दावा तामाङलगायत व्यक्ति रहेको प्रहरीको भनाइ छ ।

दावाको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी कार्यालयले जानकारी गराएको छ ।

उनीहरूका साथबाट प्रहरीले नगद २० हजार ३८० रुपैयाँ र तीन बुक तास बरामद गरेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार