देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए क्यासिनो खारेज हुने

0

काठमाडौँ – जेठ मसान्तसम्म क्यासिनो नवीकरणका लागि आवेदन नदिए क्यासिनो सञ्चालकको इजाजतपत्र स्वतः खारेज हुने भएको छ ।

सञ्चालन गर्दै आएको क्यासिनो यही जेठ मसान्तसम्म नवीकरणका लागि निवेदन नदिए सञ्चालनका लागि लिएको इजाजतपत्र स्वतः खारेज हुने पर्यटन विभागका प्रवक्ता एवं निर्देशक कालिबहादुर भुजेलले जानकारी दिए ।

अहिलेसम्म क्यासिनो नवीकरण गराउनका लागि न्यून सङ्ख्यामा मात्रै आवेदन परेको प्रवक्ता भुजेलले बताए । उनका अनुसार देशभरि क्यासिनो सञ्चालनका लागि २८ इजाजतपत्र दिइएको छ ।

यसैगरी, विभागबाट अनुमति लिई सञ्चालनमा रहेका क्यासिनो सञ्चालकले इजाजतपत्रको मान्य अवधि समाप्त हुनुअगावै (चालु आव असार मसान्त) नवीकरण गर्नुपर्ने भएकाले चालु आवको जेठ मसान्तभित्र बक्यौता र तोकिएबमोजिमको क्यासिनो रोयल्टी रकम, नवीकरण दस्तुर तथा क्यासिनो नियमावली, २०७० को नियम १३ (१) मा उल्लिखित कागजात संलग्न गरी विभागमा निवेदन दिन विभागले आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार