देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने सरकारको निर्णय

0

काठमाडौँ – सरकारले जेष्ठ नागरिक अस्पताल निर्माण गर्ने तयारी अघि बढाएको छ। मन्त्रिपरिषद्‍को बिहीबार बसेको बैठकले जेष्ठ नागरिक अस्पताल बनाउने सैद्धान्तिक सहमति जुटाएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

अस्पताल निर्माणबारे बिहीबार नै स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयका सहसचिवको नेतृत्वमा ३ तीन सदस्यीय कार्यदल गठन गरिसकेका छन् । कार्यदलले अस्पतालका लागी आवश्यक जग्गा व्यवस्थापन र लागत स्टिमेटबारे अध्ययन गरेर प्रतिवेदन बुझाउने छ ।

यस्तै सरकारले ५० वर्षभन्दा माथिका सबै नेपाली नागरिकको वर्षमा एक पटक नि:शुल्क स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ । यो निर्णय १५ दिन पछाडिदेखि नै कार्यान्वयनमा जाने स्वास्थ्यमन्त्री खतिवडाले जनाए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार