देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जोकोभिचलाई इटालियन ओपन टेनिसको उपाधि

0

एजेन्सी – विश्व नम्बर एक नोभाक जोकोभिचले इटालियन ओपन टेनिसको उपाधि जितेका छन् । यससँगै जोकोभिचले पाँचौ पटक इटालियन ओपनको उपाधि जित्न सफल भएका छन् ।

सोमबार राति रोममा भएको फाइनलमा अर्जेन्टिनाका डिएगो स्वार्टजम्यानलाई पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । सर्बियन जोकोभिचले स्वार्टजम्यानलाई ७-५ र ६-३ को सेटमा पराजित गरे ।

उपाधि जितेसँगै उनले भने, “म धेरै खुशी छु । यो एक ठूलो हप्ता थियो, एक धेरै चुनौतीपूर्ण हप्ता । मलाई लाग्दैन कि मैले यस हप्ता मैले आफ्नो टेनिस खेलेको थिएँ तर मलाई लाग्छ कि मैले निर्णायक क्षणहरूमा मेरो टेनिसलाई राम्रो पाएँ । मलाई गर्व छ कि मलाई त्यसको आवश्यक परेपछि मैले त्यो पाँचौं गियर फेला पार्न सफल भएँ ।”

३६ औं पटक मास्टर्स उपाधि जितेसँगै जोकोभिच यो उपाधि सर्वाधिक धेरै जित्ने खेलाडी पनि बनेका छन् । उनले राफायल नाडालको कीर्तिमान भङ्ग गरेका हुन् । नाडालले ३५ मास्टर्स उपाधि जितेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार