देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जो बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने घोषणा

0

एजेन्सी – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाउने बताएका छन् ।

उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबीचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए ।

मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै बाइडनले अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह समेत गरेका थिए ।

मंगलबार नै अमेरिकी नियामकले फाइजर/बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ ।

राष्ट्रपति बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा  रोकथाम केन्द्र (सीडीसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार