देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ज्यानै जोखिममा राखेर कम्युनिष्टको तारो बनेका शिवाकोटी काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका कांग्रेस नेता अजयबाबु शिवाकोटीको चर्चा एकाएक चुलिएको छ।

लोकतन्त्र र सुशासन स्थापनार्थ लामो समयदेखि पत्रकारिता एवं विभिन्न अभियानहरूमा सक्रिय शिवाकोटी १४औं अधिबेशनमा आइपुग्दा नेपाली कांग्रेसको मूलधारको राजनीतिमा होमिएका छन्।

पछिल्लो समय पत्रकारितामा रहँदा केपी ओलीको सरकारका सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन बार्गेनिङको अडियो सार्वजनिक गरेर सनसनी मच्चाएका शिवाकोटीले पूर्व सभामुखको यौन काण्ड पनि सार्वजनिक गरेका थिए।

करिब दुई तिहाइ बहुमतको केपी ओली सरकारको समयमा ओलीका अत्यन्तै नजिकका र विश्वास पात्र गोकुल बास्कोटाको ठुलो रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्नु नै साहसिक कार्यका रूपमा हेरिएको थियो।

उक्त अडियो गलत भएको भए उक्त समयमा शिवाकोटीको स्थिति के हुनेथ्यो भन्ने अहिले कल्पना पनि गर्न सकिन्न। ओली कै दम्भका करण जनताले विश्वास गरेर दिएको करिब दुई तिहाइ मत पाएको पार्टी तीन टुक्रा हुन पुगेको छ।

त्यसैगरि तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन काण्ड पनि सार्वजनिक गरेका शिवाकोटीको उक्त रिपोर्टिङ पनि अविस्मरणीय रहेको छ। विश्वभरका मिडियाहरूमा उनको साहसिक पत्रकारिताको प्रशंसा भएको थियो।

महरा तत्कालीन नेकपा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिन्थे र रहेका छन्। नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली निर्वाचित सरकार बनाएको तत्कालीन नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले अब ५० वर्ष शासन गर्ने सार्वजनिक रूपमा बोल्ने गरेका थिए। नेपालमा बिस्तारै कम्युनिष्ट शासनको झझल्को आउन थालेको थियो।

तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि लागेको बलात्कारको आरोपमा केपी ओलीले सभामुखले राजीनामा दिनुपर्छ भनेर प्रचण्डलाई दबाब दिएका थिए। त्यसैकारण महराले राजीनामा दिएका थिए।

त्यसैगरि तत्कालीन सञ्चार मन्त्री बास्कोटाको ७० करोड प्रकरणमा प्रचण्डको अडानका करण बास्कोटालाई राजीनामा दिलाउन ओली बाध्य भएका थिए।

यही दुई प्रकरणले नेकपामा फाटो सुरु भएको राजनीतिक विश्लेषकहरूको बुझाइ रहेको छ। कम्युनिष्ट राज्य बनाउने तत्कालीन नेकपाको उद्देश्यले यही दुई प्रकरणका कारण तुहिएको थियो।

शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । उनले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।

उनी २०६२/०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रूपमा पनि चिनिन्छन् । शिवाकोटीले संविधानसभाको समयमा संविधान निर्माणका लागि विभिन्न अभियानहरू पनि सञ्चालन गरेका थिए।

उनले संविधान सभालाई संविधान निर्माणका लागि दबाब दिन धेरै अभियानहरू सञ्चालन गरेका थिए। विद्यार्थीकालदेखि लोकतन्त्र र बहुलवाद प्रति शिवाकोटीको लगाव अविच्छिन्न रहेको छ।

कांग्रेसको मूलधारको राजनीतिमा युवापुस्ताको माग बढिरहेको समयमा अजयबाबु शिवाकोटी जस्ता मानिसहरू आउनु नेपालको लोकतन्त्रका लागि शुभ सङ्केतका रूपमा लिन सकिन्छ । कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूमा युवाहरू निर्वाचित हुने क्रम बढेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार