देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

0

सुनसरी – ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरानबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१४ बस्ने ठम्मरे पारुहाङ भन्ने २१ वर्षीय ससिम राई रहेका छन् ।

२०७६ असार १० गते राति धरान उपमहानगरपालिका-३ आइतबारेस्थित सडकमा सोही उपमहानगरपालिका-१४ पिण्डेश्वरी चोक बस्ने १९ वर्षीय रंजित तामाङलाई धारिलो हतियार छुरा प्रहार गरी राई फरार भएका थिए ।

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले आफ्नै घरगाउँमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

राईलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत सुनसरीमा बुझाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार