देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

झन्डै एक लाख रुपैयाँ नगद सहित १३ जुवाडे पक्राउ

0
<p>फाइल फोटो</p>

फाइल फोटो

दाङ – दाङको तुलसीपुरवाट  झन्डै एक लाख रुपैयाँ नगद सहित १३ जुवाडे पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ भूँयारथानस्थित कुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई ९८ हजार ९ सय ५० रुपैयाँ नगदसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ पर्नेमा तुलसीपुर ६ का २८ वर्षीय रोषण बुढाथोकी, ४३ वर्षीय भरत विक, २८ वर्षीय हेमन्त शाही, २८ वर्षीय सुशील वली, ४२ वर्षीय कुमार सुनार, ३३ वर्षीय ओमबहादुर बुढा मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए ।

त्यस्तै, तुलसीपुर वडा नं. ७ का ३६ वर्षीय प्रेमबहादुर सुनार, वडा नं. ८ का ३९ वर्षीय टंकबहादुर सुनार, घोराही उपमहानगरपालिका वडा नं. १३ का ३३ वर्षीय मालबहादुर वली, घोराही १० का २८ वर्षीय केशव डाँगी, घोराही ११ का २६ वर्षीय अर्जुन पुन, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. १० का ६० वर्षीय धर्मराज बुढाथोकी र सोही ठाउँका ४० वर्षीय दीपक वली रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट तासका तीन गड्डी र नखेलेको थप ५ गड्डी ताससमेत बरामद भएको डिएसपी सिंहले जानकारी दिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार