देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

झापाका एक कोरोना संक्रमितको मृत्यु

0

विराटनगर – मोरङको विराट शिक्षण अस्पतालको आइसोलेसनमा बस्दै आएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइसोलेसनमा उपचारको क्रममा झापाको भद्रपुर नगरपालिका-१० का कोरोना संक्रमित ८६ वर्षीय एक वृद्धको बुधबार बिहान मृत्यु भएको हो । उपचारका क्रममा बिहान पौने ६ बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिए ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका उनलाई गत भदौ ३ गते उपचारका लागि आइसीयूमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट मंगलबार पोजिटिभ आएको थियो ।

पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनको आइसीयूमा भर्ना गरेर उपचार गर्ने क्रममा ती वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो, नियमोनिया, श्वासप्रश्वास, मधुमेह र मिर्गौला सम्बन्धी समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार