देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

झुट्टा मुद्दामा पक्राउ नेविसंघका नेता रिहा

0

काठमाण्डौं – प्रहरी द्वारा झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका नेविसंघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशपछि उनी आज रिहा भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उप प्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणमा संलग्न भएको अभियोगमा दिपकलाई प्रहरीले पक्राउ गरेको थियो । सो घटना हुँदा उनी कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै पक्राउ गरिएको थियो । घटनामा संलग्नता नदेखिएपछि दिपक ओझालाई जिल्ला अदालतले रिहा गरेको हो । कात्तिक १३ मा उनलाई पक्राउ गरिएकोे थियो ।

आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला फोर्ने नेकपा समर्थित उप प्राद्यापक प्रेम चलाउने माथी असोज २० गते किर्तिपुरमा भएको कुटपिटको आरोप नेबिसंघ लाई लगाइएको थियो भने संघले पटकपटक उक्त घटनामा आफ्नो सम्लग्नता नभएको प्रष्ट्याएको छ । नेता ओझा असोज १७ गते नै काठमाण्डौ बाट कैलाली गएका थिए ।

यसैगरी सोही आरोपमा पक्राउ परेका नेबिसंघ नेताहरू रुपेश शाह र रबिन लामा पनि काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भैसकेका छन् ।
पक्राउ गरि हिरासतमा राखिएका संघका नेताहरुलाइ महानगरीय प्रहरी परिशर काठमाडौंका प्रमुख एसएसपि श्याम ग्यवालीको नेतृत्वमा चरम शारीरिक र मानसिक यातना दिएकोले सो बिरुद्ध यातना क्षेतिपुर्ती सम्बन्धि उजुरी गरिने रिहा भएका नेताहरुले बताएका छन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार