देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

झुठो विवरण पेश गरी सवारी पास बनाउने तीन पक्राउ

0

(ललितपुर) – झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका–६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्र प्रसाद चौधरी र सोही नगरपालिका–५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् ।

शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकोले काज कृया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी चैत २४ र २५ गतेसम्मको लागि ३–०८–००५ ख ९१९८ नम्बर बसको पास लिएका थिए ।

उक्त बसमा अन्य ३० जना यात्रुहरु समेत बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार