देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टिकटक प्रतिवन्धको निर्णय कार्यान्वयन गर्न समिति गठन

0

काठमाडौं – सरकारले टिकटक सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरे पछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि तयारी अघि बढाएको छ। त्यो निर्णयको पक्ष, विपक्षमा बहस भइरहेका बेला नेपाल दूरसञ्चार प्राधिकरणले प्रकृया अघि बढाएको छ।

सरकारले टिकटकमा रोक लगाए पनि भिपिएन लगायतका एप्स प्रयोग गरेर प्रयोगकर्ताले टिकटक प्रयोग गरिरहेको अवस्थामा प्राधिकरणले निर्देशक विजयकुमार रायको नेतृत्वमा प्राविधिक समिति गठन गरेर टिकटकको प्रयोगको रोकलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्राधिकरणले रायको संयोजकत्वमा इन्टरनेट सेवा प्रदायकहरुको संस्था (आएस्पान) का अध्यक्ष सुधीर पराजुली, सञ्चार मन्त्रालयका प्रतिनिधि सहित सदस्य सचिवमा प्राधिकरणकी रोजाकिरण बासुकला रहेको समिति बनाएको छ।

सरकारले २७ कात्तिकमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरे पछि अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको भन्दै सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार