देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टिकटक बन्द गर्ने निर्णय फिर्ता लिइयोस् – शेखर कोइराला

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिकटक बन्द गर्ने निर्णय खेद जनक रहेको बताएका छन्।

कोइरालाले यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह पनि गरेका छन्।

उनले सामाजिक सन्जालमा भनेका छन्, ‘व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ। यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु।’

उनले विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरूका बारेमा सरकारलाई स्मरणस् गराउन चाहेको पनि उल्लेख गरेका छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार