देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टिपरले किचेर धनुषामा युवकको हत्या, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

0

धनुषा — धनुषामा अवैध उत्खनन्को विरोध गर्ने एक युवकको टिपरले किचेर हत्या गरिएको छ । धनुषाको मिथिला नगरपालिकामा आज (शुक्रबार) बिहान औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरिएको हो ।
उनको घरनजिकैको नदीमा अवैध उत्खनन् भइरहेको र सोहि कार्यको विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । प्रहरी निरीक्षक रामकुमार यादवका अनुसार महतोलाई जबर्जस्ती समातेर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए ।
प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ । यता स्थानीयले भने युवकको हत्या विरोधमा टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार