देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित

0
<p>फोटो- क्यान</p>

फोटो- क्यान

काठमाडौं -आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा खराब ब्याटिङ गर्दा नेपाल पराजित भएको छ। 

अमेरिकाको टेक्सासको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेटको हार बेहोर्‍यो। 

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। 

नेपालको सुरुआत राम्रो हुन सकेन । आसिफ शेख ८ बलमा ४ रन बनाई आउट भए । भीभीएन किङ्मासँग नयाँ बल लिएर आएका देब्रेहाते स्पिनर टिम प्रिङ्गलले आफ्नो पहिलो ओभरमै आसिफलाई आउट एजमा सर्टमा रहेका किङ्माबाट क्याच गराए ।

कुशल भुर्तेलको खराब फर्म जारी नै रह्यो । १० बलमा ७ रन बनाएका उनलाई पहिलो परिवर्तनका रूपमा आएका लोगन भान बिकले एलबीडब्लू आउट गरे । नेदरल्यान्ड्सका बलरविरुद्ध अनिल साह र रोहितको प्रतिरोध केही समय मात्र रह्यो । अनिल १२ बल खेल्दै २ चौका प्रहार गरी ११ रन बनाई प्रिङ्गलकै बलमा आउट भए ।

कुशल मल्ल ९, दीपेन्द्रसिंह १, सोमपाल शून्यमा आउट भए । प्रिङ्गलले ४ ओभरमा २० रन मात्र खर्चेर ३ विकेट लिए । उनले १३ डट बल फालेका थिए । पाउल भान मिकेरेनले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुनै विकेट नलिए पनि किङ्माले ४ ओभरमा २३ रन खर्चेका थिए । उनले १५ डट बल फालेका थिए । वर्षाले भिजेका कारण खेल आधा घण्टा ढिला सुरु भएको थियो । डालासमा बिहानैदेखि वर्षा भएको थियो । ९ बजे वर्षा रोकिए पनि मैदान भिजेका कारण समयमा टस हुन सकेको थिएन ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार