देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस क्रियाशील सदस्यता विवाद टुंगियो : देउवा र पौडेलले बुझे प्रतिवेदन

0

काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद सहमतिमै टुंगिएको छ । क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन बाँकी विवादबारे पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बुझेका छन् ।

देउवानिवास बुढानिलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

उक्त विवाद टुङ्ग्याउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सम्मिलित उच्चस्तरीय समिति बनाइएको थियो । उच्चस्तरीय समितिमा सहमहामन्त्री प्रकाशशरण महत, नेता मिनेन्द्र रिजाल र रमेश लेखकलाई सहयोगीका रूपमा राखिएका थियो ।

उक्त उच्चस्तरीय समितिलाई क्रियाशील छानबिन समितिले बुझाएको प्रतिवेदन र विवादित विषयलाई ५ दिनमा टुङ्ग्याउन म्यान्डेट थियो । तर उक्त समितिले सहमति जुटाउन सकेन ।

त्यसपछि देउवा र पौडेल र महत बाहेकका नेताहरूलाई क्रियाशील सदस्यता टुङ्ग्याउने जिम्मेवारी दिइएपछी साउन ३१ बाट छलफलमा जुटेका सिटौला, रिजाल र लेखकले क्रियाशील सदस्यता विवादमा सहमति जुटाएका हुन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार