देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टुकुचामाथिका घर नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

0

काठमाडौं – उच्च अदालत पाटनले टुकुचामाथि बनेका घर तथा संरचनाहरू नभत्काउन अन्तरिम आदेश दिएको छ।

प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापाले दिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले आइतबार यस्तो आदेश दिएको हो।

अदालतले काठमाडौँ महानगरपालिकालाई कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

टुकुचालाई पुरानै अवस्थामा फर्काउन भन्दै काठमाडौँ महानगरपालिकाले हात्तिसार आसपास त्यसमाथि बनेका संरचना भत्काउने बताएको थियो। यसअघि जय नेपाल हल र लक्ष्मी बैंकको प्रांगण खोतल्दा टुकुचा भेटिएको थियो।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार