देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टेलिकमको वार्षिकोत्सवमा दिनभर कल निःशुल्क, २९४ रुपैयाँमै २० जीबी डेटा

0

काठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले आज (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ। यस अवसरमा कम्पनीले २४ सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ।

एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ । निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गर्ने कलमा मात्र लागू हुने जनाइएको छ ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ। साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।

साथै टेलिकमले वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ डेटा प्याक अफर पनि ल्याएको छ। ‘एनटी एनिभर्सरी अफर’ को रुपमा ल्याइएको यस योजना अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्राप्त गर्ने भएका छन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यस्तै ६ जीबी डेटा ९८ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । जुन तीन दिनसम्म प्रयोग गर्न सकिने छ । यसका साथै हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।

टेलिकमका अनुसार यो योजना मंगलबारदेखि सुरु भएर आउँदो फागुन ३ गतेसम्म मात्रै कायम रहने छ । ग्राहकले यो प्याक *१४१५*११# डायल गरी अथवा नेपाल टेलिकमको मोबाइल एप ‘एनटी एप’ मार्फत पनि खरिद गर्न सकिने जनाइएको

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार