देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टेलिकम र सडक विभागबीच सहकार्य गरी अघि बढ्ने समझदारी

0

(काठमाडाैं) –  नेपाल टेलिकम र सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ ।

सो समझदारी पत्रमा सडक विभागका महानिर्देशक केशव कुमार शर्मा र टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरे । सडक निर्माण, विस्तार, मर्मत सम्भार र सडक चौडा गर्ने तथा दूरसञ्चार पूर्वाधार निर्माण र सुधारका क्रममा दुबै निकायबाट निर्मित पूर्वाधारका संरचनामा हानी–नोक्सानी हुनुका साथै निर्माण कार्यमा दोहोरो लगानी हुने र सेवाको गुणस्तरमा समेत प्रतिकूल प्रभाव पर्ने पर्दै आएको थियो ।

समझदारी अनुसार विभागबाट सडक निर्माण तथा स्तरोन्नति गर्ने क्रममा टेलिकमको अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न आवश्यक डक्टहरु बिछ्याइने छ ।

यस्ता डक्ट बिछ्याउनका लागि आवश्यक पर्ने रकम सम्बन्धित आयोजनाको विस्तृत योजना र अनुमानित लागत अनुसार गरिने शिल कोटेशन वा बोलपत्र बमोजिम निक्र्यौल भएको दररेट बमोजिम टेलिकमले सडक विभागलाई भुक्तानी गर्ने टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताईन ।

समझदारी पत्र र सडक विभागको सम्बन्धित सडक डिभिजन/योजना कार्यालय र टेलिकमको सम्बन्धित कार्यालयबीच विस्तृत सम्झौता गरी कार्यान्वयन गरिने उनले बताईन ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार