देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

टोखा नगरपालिकामा कांग्रेसकी रजनी थापाको अग्रता कायमै

0

काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रजनी थापाले अग्रता कायमै राखेकी छिन्।

निर्वाचन अधिकृत सविता शर्माले दिएको जानकारी अनुसार रजनी थापाले ७८९२ मत प्राप्त गरेकि छिन् भने एमालेका प्रकाश अधिकारीले  ७५६४ मत प्राप्त गरेका छन्।

शर्माका अनुसार अहिलेसम्म टोखामा १९ हजार ६ सय १२ मत गणना भइसकेको छ। ११ वटा वडा रहेको यो नगरपालिकामा अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ। अहिले वडा नम्बर ९, १० र ११ को मत गणना भइरहेको निर्वाचित अधिकृत शर्माले जनाकारी दिइन्।

तयसैगरी उपमेयरमा कांग्रेसका मुरारी तामाङले अग्रता लिएका छन्। उनले ७८९८ मत प्राप्त गरेका छन्। उनलाई एमालेकी ज्ञानमाया डंगोलले ७०९६ मत ल्याएर पछ्याइरहेकी छिन्।

मतगणना सकिएका ८ वडामध्ये एमालेले ६ वटामा वडा अध्यक्ष जितेको छ। कांग्रेसले भने २ वडा अध्यक्षमा मात्र जित हासिल गरेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार