देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्याक्टर दुर्घटना हुँदा सिरहामा २ को मृत्यु

0

(सिरहा) – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चोहर्वा चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् ।

दुर्घटनामा परी धनगढीमाई नगरपालिका–१२ का २० वर्षीय श्रीप्रसाद मण्डल र लहान नगरपालिका–१३ का २२ वर्षीय सन्तोष यादवको मृत्यु भएको छ ।

जन्ती जाँदै गरेको स १ त ६५६० नम्बरको ट्याक्टर बाख्रालाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार