देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

0

काठमाडौं – बाजुरामा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ।

आइतबार साँझ बडिमालिका नगरपालिका-२ मार्तडीबाट गौमूल जाने क्रममा खडीगाडमा दुईवटा ट्याक्टर एक अर्कालाई ओभरटेक गर्ने क्रममा ठोक्किएर खोलामा खस्दा चारजनाको घटनास्थलमै मृत्यु भएको हो।

सु प्र प ०१०० २ त ४१०५ नम्बरको ट्याक्टर खोलामा खस्दा चालक गौमूल गाउँपालिका-६ का हिक्मत रोकाय, ट्याक्टरमा सवार बडिमालिका नगरपालिका-२ का ३८ वर्षीय देवराज जैशी, ३३ वर्षीया करिश्मा रोकाय र वडा नं १ का ३५ वर्षीय चन्द्र दानीको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताए।

लु ४ त ७३०५ नम्बरको ट्याक्टर भने भित्तामा ठोक्किएको छ। प्रहरी टोली घटनास्थल पुग्दा उक्त ट्याक्टरका चालक भागिसकेको डिएसपी बोहराले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार