देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्राईयाथलन सिरिजको तेश्रो चरण भोलि बज्रबाराहीमा

0

काठमाडौं – नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी ट्राईयाथलन सिरिज अन्तरगत तेश्रो चरणको क्रस दुवाथलन च्याम्पियनसिप ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा शनिबार आयोजना हुँदैछ ।

यसअघि २.५ किमि दौड १० किमि साईक्लिङ्ग र १.३ किमि दौडको सिरिज अन्तर्गतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुराने सहर टोखामा आयोजना भईसकेको छ । दोश्रो चरणको च्याम्पिनसिप माघ १० गते ऐतिहासिक सहर कीर्तिपुरमा आयोजना भई सकेको छ ।

सिरिज अन्तर्गतको क्रस दुवाथलन प्रत्येक दुई हप्ताको अन्तरमा टोखा, कीर्तिपुर र ललितपुरमा आयोजना गरिने छ । यसै अन्तर्गतको तेश्रो चरणको च्याम्पियनसिप भोलि शनिबार आयोजना हुन लागेको हो ।

चौंथो फेरि टोखामा र पाँचौ कीर्तिपुरमा आयोजना हुने छ । छैटौ च्यान्पियनसिप उपत्यका बाहिर पोखरामा आयोजना हुने नेपाल ट्राईयाथलन संघका महासचिव युवराज सुनुवारले जानकारी दिए ।

नेपाल ट्राईयाथलन संघको स्थापना पश्चात संघको एकल पहलमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आईरहेको अवस्थामा जम्प नेशन ट्राईयाथलन संग जोडिन आई पुगेको छ ।

खेल माध्ययमबाट स्वस्थ नागरिक र नव खेलाडी उत्पादन गर्दै खेल समुदायको निर्माण गर्ने उद्देश्यले स्थापना भएको जम्प नेशनले ट्राईयालन संघले आयोजना गर्ने राष्ट्रिय प्रतियोगितामा ब्यवस्थापनको कार्य गर्ने गरी सहकार्यमा आएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार