देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशन आजदेखि

0

काठमाडौं – नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबार काठमाडौंमा शुरु हुँदैछ। महाधिवेसन आज दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा शुरु हुने आयोजकले जनाएका छन्।

ट्रेड युनियन कांग्रेसले विधानमार्फत युवा र महिला सहभागितालाई बढाएको बताएको छ। महासंघको अधिवेशन अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुनेछ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउन ७५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार