देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्रेड युनियन कांग्रेस मकवानपुरद्वारा श्रमिकलाई राहत, काउन र नाईले सहयोग

0

मकवानपुर , बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड 19 का कारण मुलुक अहिले लकडाउनको अवस्थामा छ । संक्रमण बाट जोगिन जहाँ जो जस्तो अवस्थामा हो तेस्तै अवस्थामा बस्नुपर्ने अहिलेको यो समयमा  दैनिक ज्यालादारी गरेर आफ्नो गुजारा चलाउने श्रमिकहरु विशेष मर्कामा परेका छन् ।

यसैकुरालाई मध्यनजर गर्दै नेपाल ट्रेड युनियन कांग्रेस, मकवानपुर जिल्ला समितिले लकडाउनका कारण समस्यामा रहेका श्रमिकहरुलाई राहत वितरण गरेका छन् । विभिन्न जिल्लाबाट मकवानपुरको हेटौंडामा दैनिक ज्यालादारी काम गरिरहेका निर्माण क्षेत्रका ६६ जना श्रमिकहरुलाई सोमबार चामल,दाल,नुन,तेल र आलु राहत स्वरुप वितरण गरेको जिल्ला उपाध्यक्ष सर्मिला श्रेष्ठले जानकारी दिनु भयो ।

यसैगरी विभिन्न जिल्लाबाट बुटवलमा काम गरिबसेका ४९५ जना निर्माण मजदुरहरुलाई नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन) को समन्वयमा र विभिन्न जिल्लाबाट पोखरामा नाईं पेशा गरिरहेका १०० भन्दा बढी नाई मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालयसंगको समन्वयमा पास बनाई आ-आफ्नो घरसम्म जान सहजीकरण गरेको काउनका केन्द्रीय अध्यक्ष जे.बि. गुरुङ र नेपाल नाईं संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले जानकारी दिनु भयो । साथै अन्य कुनै जिल्लामा श्रमिकहरु समस्या छन् भने पनि उहाँहरुले सम्पर्क गर्न अपिल गर्नु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार