देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्रेड युनियन कांग्रेस दाङको तीन महिने निशुल्क प्लम्बिङ तालिम सम्पन्न

0

दाङ – नेपाल ट्रेड युनियन कांग्रेस दाङ जिल्लाले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका सन्ततिलाई तीन महिने निशुल्क प्लम्बिङ तालिम सम्पन्न गरेको छ ।

युनियनले जापान अन्तर्राष्ट्रिय श्रम प्रतिष्ठान ( जीलाफ ) को सहयोगमा तीन महिने निशुल्क प्लम्बिङ तालिम शुक्रबार सम्पन्न गरेको हो।

युनियनले अनौपचारिक क्षेत्रका श्रमिकका काम बिहिन सन्ततिलाई स्वरोजगार बनाउने उदेश्यकासाथ निशुल्क तालिम संचालन गरेको ट्रेड युनियन कांग्रेस दाङ जिल्ला अध्यक्ष तिर्थ न्यौपानेले जानकारी दिए ।

ट्रेड युनियन कांग्रेसले जिलाफको सहयोगमा विभिन्न जिल्लाहरुमा निशुल्क सिलाई बुनाई,व्युटिपार्लर, व्यवसायिक कृषि तालिम, हस्तकला, इलेक्ट्रीसियन, अटोमोबाईल एवं प्लम्बिङ तालिम संचालन गरेको ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले बताए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार