देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकको अन्तरक्रिया सम्पन्न

0

सिन्धुपाल्चोक –  नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोकले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोक जिल्ला समितिद्वारा आयोजित अन्तरक्रियाका सहभागीहरुले श्रमिकको पक्षमा सशक्त काम गर्ने उद्घोष गरेका छन् ।

विहिबार सुकुटेमा आयोजित युनियनका केन्द्र,प्रदेश र जिल्ला स्तरका नेताहरुको उपस्थितिमा भएको कार्यक्रममा यस्तो उद्घोष गरेका हुन् । कार्यक्रममा नेपाल शिक्षक संघ,निर्माण तथा सम्बद्ध श्रमिक संघ ,प्रेस युनियन , सार्वजनिक सेवा कर्मचारी संघ , कृषि श्रमिक संघ, सिलाई बुनाई श्रमिक संघ लगायतका जिल्ला अध्यक्षहरुले राखेको श्रम र श्रमिकका मुद्दाहरूको जिज्ञासालाई सम्बोधन गर्दै ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले वर्तमान सरकारले श्रमिकका समस्या समाधान नगरी कुर्सिको लडाईमा मात्र लागेकाले श्रमिकहरु थप पिडित रहेको बताउदै सरकारलाई श्रमिकका पक्षमा काम गर्न बाध्य पार्न सशक्त भुमिका खेल्ने बताए ।

कोषाध्यक्ष मोहन कुमार बस्नेतले नेकपा नेतृत्वको सरकार श्रमिक विरोधी देखिएकोले श्रमिक संगठनहरु थप सशक्त भई लाग्नु पर्ने बताए । केन्द्रीय सदस्य बलदेव तामाङले ट्रेड युनियन कांग्रेसले नेपालको प्रजातान्त्रिक एवं सामाजिक परिवर्तनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको उल्लेख गर्दै श्रमिकका समस्या समाधान , हकहित, अधिकार प्राप्तिकालागि तथा महामारीमा श्रमिक भोकभोकै राख्न सक्ने सरकारको विरुद्धमा ट्रेड युनियन मैदानमा उत्रिन ढिला गर्न नहुने बताए ।

कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष लिलानाथ चौलागाईं,सचीव राजेश हुमागाई, कोषाध्यक्ष विश्वहरि घिमिरे , काउनका महासचिव प्रदीप आचार्य , युनिप्रेसका उपमहासचिव सुदिप बुढाथोकी लगायतले श्रमिक हक अधिकारकालागि जागरुक हुनु पर्ने विचार राखेका थिए। कार्यक्रम ट्रेड युनियन कांग्रेस सिन्धुपाल्चोक जिल्ला अध्यक्ष युवराज गिरिको अध्यक्षतामा सम्पन्न भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार