देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ठगहरूले केही ठुला सहकारी बदनाम र समस्याग्रस्त बनाए – ओली

0

काठमाडौं – सत्तारुढदल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठुला सहकारी सङ्कटग्रस्त भएको बताएका छन् ।

काठमाडौँमा सुरु भएको राष्ट्रिय महिला भेलामा बोल्दै सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले ठुला केही सहकारी बदनाम र सङ्कटग्रस्त हुन गएको उनले बताएका हुन् ।

अध्यक्ष ओलीले सहकारी संस्थाहरू बदनाम र सङ्कटग्रस्त नभएको जिकिर समेत गरे । सहकारीहरू नियममा बसेर अघि बढ्ने हुनाले त्यसले समस्या व्यहोर्नुपर्ने अवस्था नआउने समेत उनले बताए । 

अध्यक्ष ओलीले सहकारीको माध्यामबाट भएपनि महिलाहरू उद्यमशीलतातर्फ लाग्नुपर्ने बताए । महिला दिदीबहिनीहरूले सहकारीको माध्यमबाट पनि आयआर्जनको काममा लाग्नुपर्ने उल्लेख गर्दै उनले घर, परिवार र समाज केही पनि महिलाहरूले पराश्रित हुन नपरोस् भनेर अभियान नै चलाउनुपर्ने बताए ।

उनले भने, ‘साना साना सहकारी बनाउनुस् । अहिले सहकारीका केही गैरसहकारी, सहकारी होइन, बाहिरका गैरसहकारीवालाहरु, सहकारीलाई माध्यमबनाएर ठगेर खानेहरू सहकारी प्रवेश गरेको हुनाले केही सहकारी ठुलो सहकारी बदनाम भएका छन् । त्यहाँ समस्याग्रस्त भएको छ । ती सङ्कटग्रस्त छन् । तर साँच्चैका सहकारीहरू सङ्कटग्रस्त हुँदैनन्, छैनन् पनि । ती त्यसका आफ्ना नियमहरू छन् । ती नियम अन्तगत त्यसमा नियममा बसेर त्यसको पालना गरेर हामी अगाडि बढ्नुपर्छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार