देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ठगी अभियोगमा भक्तपुरबाट दुई जना पक्राउ

0

भक्तपुर – बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सूर्यबिनायक नगरपालिका-६ बस्ने सिन्धुलीको सुनकोशी गाउँपालिका-४ भोलेनीका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछापको सुनपाती गाउँपालिका-७ का २७ वर्षीय ग्याल्छेन लामा रहेका छन् ।

गत कात्तिक १६ गते भक्तपुर सूर्यबिनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवा सहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुलाई बिना कारवाही सजाय र थुना मुक्त गराई दिन्छौ भनेर बिश्‍वास दिलाई ग्याल्छेन र बीर बहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बीर बहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार