देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ठगी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

0

(काठमाडौं) – प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाडौंबाट आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको साविक सेर्तुङ गाविस वडा नम्बर(५ घर भई हाल काठमाडौंको तारकेश्वर ६ बस्ने ४५ वर्षीय चल बहादुर घले रहेका छन् ।

वैदेशिक रोजगारी ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणको ०६९ साल पुस २४ गतेको फैसलाले घलेलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार जरीवाना सुनाएको थियो । घलेलाई नेपालटारबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालत मार्फत सुन्धारा कारागार चलान गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

घलेले ०६८ साल जेष्ठ १३ गते वैदेशिक रोजगारको लागि अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी पीडित पक्षसँग ७ लाख रुपैयाँ लिएर फरार भएका थिए ।

पक्राउ पछि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकोमा घलेलाई आइतबारनै कारागार कार्यालय सुन्धारा चलान गरिएको ब्यूरोले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार