देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ठगी मुद्दाका फरार प्रतिवादी ललितपुरबाट पक्राउ

0

(काठमाडौं) – ठगी मुद्दाका फरार एक प्रतिवादी ललितपुरबाट पक्राउ परेका छन् । बैतडी दशरथचन्द नगरपालिका १ बस्ने ३२ वर्षीय रमेश बडुलाई ललितपुर नख्खुबाट आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७५ कात्तिक १६ गतेको फैसलाले ठगी मुद्दामा २ महिना ४ दिन कैद र २ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै रमेशले नेपाली सेनामा कार्यरत एक कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भनी बिश्वास दिलाई २ लाख ५० हजार रुपैयाँ र राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिन्छु भनी २ जनासँग २४ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

रमेशलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको उक्त महाशाखाले जनाएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार