देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ठूलो बजेट बनाउने भन्ने प्रधानमन्त्रीको कुरामा ब्रेक लागेको छ – डा. महत

0

काठमाडौं – पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले भनेजस्तो १९/२० खर्बको बजेट ल्याउन नसकेको टिप्पणी गरेका छन्।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा पूर्वअर्थमन्त्री महतले साे टिप्पणी गरेका हुन्।

‘बजेट १९/२० खर्ब पुर्‍याउने भनेको कुरामा त्यसको लागि उनीहरूले स्रोत जुटाउने ठाउँ पाएन, आन्तरिक ऋण बढाउनु भयो। तर, त्यो पनि त्यहाँभन्दा धेरै बढाउने ठाउँ थिएन। विदेशी सहयोग देखाउने ठाउँ थिएन। राजस्व अत्यधिक मात्रमाबा बढ्छ भन्ने पनि आधार थिएन,’ पूर्वअर्थमन्त्री महतले अघि भने, ‘त्यसैले अत्यन्त ठूलो बजेट बनाउने भन्ने प्रधानमन्त्रीको जुन कुरा थियो त्यसमा ब्रेक लागेको छ।’

उनले बजेट वास्तविकताभन्दा माथि रहेको तर सुधारको ठूलो प्रारम्भ गर्छु भनेअनुसार केही पनि उल्लेख नभएको बताए। उनले बजेट विनियोजन नभई ठेक्का लगाउने जस्ता बेथितिहरू नहटेको पनि टिप्पणी गरे।

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले यो बजेटले जे कुरा बोलेको छ, त्यो पूरा नहुने दाबी गरे। उनले बजेटमा सम्बोधन गर्नुपर्ने विषय प्राथमिकीकरण नभएको तथा बजेटमा लामो समयदेखिको विकृतिलाई अन्त्य गर्ने कार्यायोजना पनि नरहेको बताए।

सरकारले आगामी आवका लागि कूल खर्च १८ अर्ब ६० अर्ब ३० करोड विनियोजन गरेको छ। कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड र पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड तथा वित्तीयतर्फ तीन खर्ब ६७ अर्ब १८ करोड रहेको अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत बजेटमा उल्लेख छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार