देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

ठोकर्पाको थामडाँडामा बन्यो भ्यू टावर, पूर्व मन्त्री वस्नेतद्वारा उद्घाटन

0

रामचन्द्र दुलाल/सिन्धुपाल्चोक – जिल्लाको ठोकर्पाको थामडाँडामा भ्यू टावर निर्माण भएको छ । ‘ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान’भनने नारा सहित शनिवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर वस्नेतवाट टावरको उद्घाटन गरिएको छ ।

संभावना रहेको सुनकोशी गाउँपालिकाको केन्द्र थामडाँडामा पर्यटकीय केन्द्र वनाउने उदेश्यले भ्यू टावर निर्माण गरिएको गाउँपालिका अध्यक्ष श्रवण जिसी(विनोद)ले वताए । पर्यटकीय हवको रुपमा विकास भएको सुकुटे वाट ११ किलोमिटरको दुरीमा रहेको ठाउँमा भ्यू टावर निर्माण गरिएको छ ।

गाउँपालिकाको अधिकांश स्थान, जिल्लाको सुनकोशी र भोटेकोशीको तटीय क्षेत्र, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको रमणीय वस्तीहरुको भ्यू टावरवाट अवलोकन गर्न सकिने छ । ‘सुकुटे सम्म आउने पर्यटकलाई भ्यू टावर सम्म ल्याउने, पर्यटनका माध्यमवाट आर्थिक उपार्जनमा बृद्धि गराउने हाम्रो उदेश्य हो’–पालिका अध्यक्षले बताए ।

No description available.

गाउँपालिकाले एक करोड २५ लाखमा टावर निर्माण गरेको हो । कार्यक्रमका प्रमुख अतिथी ‘ठोकर्पाको पहिचान, पूर्वाधारको अभियान नारा नै लिएर सुनकोशी क्षेत्रको विकास भैरहेको र यसलाई सार्थक वनाउने हाम्रो दायित्व हो’– पूर्व मन्त्री वस्नेतले भने । कोभिडको महामारिमा सुनकोसी बासिलाई आफुले सक्ने ब्यबस्था गर्नुका साथै एम्बुलेन्स र आर्थिक अबस्थामा कमजोर हुने लाई उपचारमा सहयोग गर्ने समेत बस्नेतले बताए।

कांग्रेसखेलकुद विभाग प्रमुख समेत रहेका बस्नेतले देश अहिले विषम परिस्थती छ तपाईहरू स्वास्थ्यलाई विशेष ध्यान दिई आवस्यक भन्दा घर बाहिर ननिस्कन र झोलिलो खानेकुरा खान आग्रह समेत गरेका थिए।

उक्त कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ ,क्षेत्र १ का क्षेत्रिय सभापति बालकृष्ण बस्नेत, वडा अध्यक्षहरु वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

No description available.

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार