देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डब्लूएचओले भन्यो, ‘बालबालिकाले पनि मास्क लगाउनुपर्छ’

0

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले बालबालिकालाई मास्क लगाउने विषयमा नयाँ नियम ल्याएको छ । डब्ल्यूएचओले कोरोना भाइरस महामारीमा १२ वर्ष भन्दा माथिका बच्चाहरुका लागि मास्क लगाउने सम्बन्धमा नयाँ नियम जारी गरेको हो ।

डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति फैलाउँछ अहिलेसम्म प्रष्ट भएको छैन । तर, किशोर आयुका बालबालिकाले वयश्कले सरह भाइरस फैलाउँछ ।

डब्ल्यूएचओले ५ वर्ष भन्दा मुनिका बच्चाहरुलाई मास्क नलगाउन भनेको छ । त्यसैले ६ देखि ११ वर्ष उमेरका बालबालिकालाई मास्क लगाउन उसले सल्लाह दिएको छ । बालबालिकालाई मास्क लगाउन, मास्क हटाउन र ती स्थानहरूको परिस्थिति अनुसार उनीहरूको हेरचाह गर्न डब्लूएचओले भनेको छ ।

डल्ब्यूएचओका अनुसार ६० वर्षका कम उमेरका मानिसहरुले पनि कम्तिमा कपडाको मास्क लगाउनुपर्छ । ६० वर्षभन्दा बढी उमेरका मानिस र बिरामीले भने मेडिकल मास्क लगाउनुपर्छ । ती वृद्धहरू र अन्य रोगबाट पीडितहरूले मेडिकल मास्क लगाउन डब्लूएचओले सुझाव दिएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार