देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डा.केसीका समर्थक रेग्मीलाई पर्यटन बोर्डको सीईओमा नियुक्तिको तयारी

0

मध्यविन्दु/काठमाडौँ- नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा धनन्जय रेग्मीलाई नियुक्त गरिने भएको छ ।
डा. गोविन्द केसीको चिकित्सा क्षेत्र सुधारका लागि गरिएको अनसनका कट्टर समर्थक रहेका रेग्मी नियुक्त हुने भएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नै उनलाई संभवतः शुक्रबार साँझसम्ममा बोर्डको सिईओ नियुक्ति गर्दैछन् । रेग्मी डा. केसीको समर्थक हुन् । अनसन बितण्डा भएको भन्दै पर्यटनमन्त्रीले त्यसको कडा प्रतिवाद गरेका थिए । तर पर्यटनमन्त्रीले नै उनलाई बोर्डको सिईओ नियुक्ति गर्दैछन् ।
बोर्डको सिईओ नियुक्ति शुक्रबार (आजै) गर्ने तयारी छ । सीईओका लागि निवेदन दिएका १७ मा ९ जनाको सर्टलिष्टिङ भइसकेको छ । सर्टलिष्टिङमा दीपकराज जोशी, धनन्जय रेग्मी, बच्चुनारायण श्रेष्ठ, नवीन पोखरेल, काशी भण्डारी, सूर्य थपलिया लगायत परेका छन् । शुक्रबार ९ जनाबाट छनोट समितिले ३ जनाको नाम सिफारिस गरेपछि मन्त्री भट्टराईले रेग्मीलाई नियुक्ति गर्ने बताइएको छ । रेग्मी अटोमोवाइल ब्यवसायमा पनि संलग्न छन् । उनको लैनचौरको स्काउट भवनसँगै टोयटा गाडीको सोरुम छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार