देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डा. केसीको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारलाई आयोगको निर्देशन

0

काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि गम्भीर बन्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ ।

गत भदौ २९ गतेबाट १९ औं सत्याग्रह सुरु गरेका डा.केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनुगमनका क्रममा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको पाइएकाले जीवन रक्षाका लागि सम्वेदनशील बन्न आयोगले सरकारलाई भनेको हो ।

आयोगका सचिव वेद भट्टराईद्वारा जारी विज्ञप्तिमा डा.केसीसँग विगतमा भएका सम्झौता कार्यान्यवनको स्थिति सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसका लागि आयोगले सरकारलाई पत्रचार समेत गरेको सचिव भट्टराईले जानकारी दिए ।

आफ्ना माग पूरा गराउन आमरण अनशन जस्तो जीवन नै जोखिममा पर्न सक्ने जटिल विकल्प नरोज्न पनि आयोगले डा. केसीलाई आग्रह गरेको छ ।

डा. केसीको अनशनको आज २४ औं दिन भइसक्दा पनि सरकारले अनशन तोड्न आग्रह गर्ने अन्य कुनै तदारुकता देखाएको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार