देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

पोखरा उडेको बुद्धको विमान वीचैबाट काठमाडौं फिर्ता

0

काठमाडौं – काठमाडौं बाट पोखराकालागी उडेको बुद्ध एयरको विमान बिचबाटोबाटै फिर्ता भएको छ ।

साँझ ५ बजे उडेको बुद्ध एअरको उडान नम्बर बीएचए ६५९ विमान प्रतिकूल मौसमका कारण बिचबाटोबाटै काठमाडौं फर्केको हो ।

सोहि विमानमा पोखरा जानलागेका पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि काठमाडौंमै फिर्ता भएका छन् ।

विमान पोखरा नजिकै पुग्दा हावा हुरी र बर्षाकाकारण मौसम एक्कासी प्रतिकूल बनेको थियो । पोखरा विमानस्थलमा अवतरणको सम्भावना नरहेपछि विमानलाई काठमाडौं फर्काइएको हो ।

दिउँसोको उक्त उडान मौसम परिवर्तनपछि सुचारु भएको बताइन्छ । पोखराको आकाशमाथि पुगेर फर्केको बुद्धको विमान काठमाडौंमा साँझ साढे ६ बजे अवतरण गरिएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार