देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डीआईजी पोखरेल एआईजीमा बढुवा

0

काठमाडौं – नेपाल सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्काे बिहिबारको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। एआईजीमा बढुवा भएसँगै उनको पदस्थापन प्रहरी मुख्यालयमा भएको छ।

उनलाई भावी प्रहरी महानिरीक्षकको रूपमा हेरिएको छ।यसअघि बुधबार उनको बढुवा सिफारिस रद्द गर्न संसदको राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको थियो। तर, सरकारले भने समितिको निर्देशनविपरीत बढुवा गर्ने निर्णय गरेको छ।

हाल उपत्यका प्रहरी प्रमुख रहेका उनलाई गृहमन्त्रीको प्रस्तावमा सरुवा-बढुवा गरिएको हो । आजैको निर्णयबमोजिम अबदेखि उपत्यका प्रहरीको जिम्मेवारी हरि पालले हेर्नेछन् । उनी अपरेसन प्रमुख थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार