देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डुबान नियन्त्रण गर्न बाँध निर्माण शुरु

0

हेटौंडा – वर्षेनी करीब ७०० घर डुबानमा पार्ने हेटौँडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा रु एक करोड २५ लाखको लागतमा बाँध निर्माणकार्य शुरु भएको छ । बाढी–पहिरोबाट वर्षैपिच्छे हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागेको हो ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनताको सेवा, सुरक्षा तथा विकास गर्नु आफ्नो दायित्व रहेको बताउँदै जनतालाई बाढीपहिरोबाट सुरक्षित गर्न आफू गम्भीर रहेको बताए । क्याम्पाडाँडाका रामबहादुर विष्टले ढिला भए पनि उपमहानगरपालिकाले शुरु गरेको यो काम सराहनीय भएको र छिटो सम्पन्न गरिनुपर्ने बताए । त्यस्तै हेटौँडा कर्राखोलाबाट वर्षायाममा हुने डुबान समस्या समाधान गर्न त्यहाँका जनताले माग गर्दै आएका छन् ।
रासस

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

Responses (0 )



















सम्बन्धित समाचार