देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डेढ दर्जन पालिकाको अन्तिम परिणाम आउँदा कांग्रेस अगाडि

0

काठमाडौं – स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । देशैभर निकै सु्स्त गतिमा भइरहेको मतगणनाअनुसार अहिलेसम्म १७ पालिकाको अन्तिम परिणाम आइसकेको छ ।

अहिलेसम्म १७ पालिकाको मतपरिणाम आएको छ । जसमा नेपाली कांग्रेसले सात, नेकपा एमालेले छ, नेकपा माओवादी केन्द्रले दुई तथा नेकपा एकीकृत समाजवादीले दुई पालिका प्रमुख जितेका छन् ।

कहाँ कसले जिते ? 
नेपाली कांग्रेसः –
१, नार्पा भूमि गाउँपालिका– कोन्जो तेन्जिङ लामा
२, नासोँ गाउँपालिका – धनबहादुर गुरुङ
३, घरपोझङ गाउँपालिका – मोहनसिंह लालचन
४, रेसुङ्गा नगरपालिकामा – खिलध्‍वज पन्थी विजयी
५, गन्यापधुरा गाउँपालिका – ईन्द्रबहादुर कार्की
६, गुल्मीदरबार गाउँपालिका – सरोजकुमार थापा
७, बडीकेदार गाउँपालिका – भैरवबहादुर साउद

नेकपा एमाले –
१, मनाङ ङिस्याङ गाउँपालिका – कान्छा घले
२, चामे गाउँपालिका – अध्यक्ष लोकेन्द्रबहादुर घले
३, घेकर दामोदरकुण्ड गाउँपालिका – लोप्साङ छोम्पेल विष्ट
४, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – रिङजिन नामगेल गुरूङ
५, लोमान्थाङ गाउँपालिका – टसी न्वर्वु गुरूङ
६, से फोक्सुण्डो गाउँपालिका – धावा सम्डुङ गुरुङ

नेकपा एकीकृत समाजवादी –
१, छार्का साङतोङ गाउँपालिका –सेनाङ गुरुङ
२, काइके गाउँपालिका – अंगदकुमार राना

नेकपा माओवादी केन्द्र-
१, जगदुल्ला गाउँपालिका – नारसिङ रोकाय
२, नौमुले गाउँपालिका – छविराम सुवेदी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार