देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डोटीमा एक साता निषेधाज्ञा जारी

0

डोटी – कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले डोटीमा एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैैठकले भदौ १४ गते मध्यराति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

आज रातिबाट लागू हुने निषेधाज्ञा २१ गते आइतबार रातिसम्म जारी रहने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना सङ्क्रमित बढेर ९ सय पुगेको छ ।

 

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार