देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

डोल्पामा एमाले र माओवादी कार्यकर्ताबीच झडप, चारजना घाइते

0
<p>फोटो &#8211; फेसबुक</p>

फोटो – फेसबुक

काठमाडौं – डोल्पाको जगदुल्ला गाउँपालिकामा झडप हुँदा नौ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका नौ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार राति नौ बजेतिर भएको झडपमा एमालेका चार र माओवादीका पाँचजना घाइते भएका छन्।

घटनाबारे सोमबार बिहानमात्रै जानकारी आएको प्रहरी कार्यालयले जनाएको छ। घाइते हुनेमा वडा नम्बर ३ बस्ने एमाले समर्थक वर्ष ४२ कन जालपा बोहोरा, वर्ष ३८ का भद्र बोहोरा, वर्ष १२ का कृष्णजंग बोहोरा, वर्ष ५० शान्ता बोहोरा र माओवादी समर्थक सोही वडाकै वर्ष ५९ का बिर्ख बोहोरा, वर्ष १८ का लक्ष्मण बोहोरा, वर्ष ५४ का गोरसिंह बोहोरा, वर्ष २६ का पबिन्द्र बोहोरा र वर्ष २१ जगत बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।

मादक पदार्थ सेवन गरेर उनीहरुले झगडा गरेको प्रहरीको भनाइ छ। घाइते चार जनालाई हेलिकप्टर चार्टर गरेर काठमाडौं लगिएको छ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार