देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तत्काल उम्मेदवार टुङ्गो नलाउन कांग्रेसको सर्कुलर

0

काठमाडौँ — सत्ता गठबन्धन दलहरूसँग चुनावी तालमेलको तयारी अघि बढेपछि कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरेको छ ।

सत्तारुढ दलहरूसँग गठबन्धनको सम्भावना बढेपछि तत्काल उम्मेदवारको टुंगो नलगाउन सर्कुलर गरिएको हो ।

विधानअनुसार वडाअध्यक्ष र सदस्यहरूलाई प्रतिनिधिसभा क्षेत्रीय संसदीय समिति, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार जिल्ला संसदीय समिति र नगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवार प्रदेश संसदीय समितिहरूले टुंगो लगाउने व्यवस्था छ ।

सत्ता गठबन्धनको नेतृत्वमा रहेको कांग्रेसले गठबन्धनका साझेदार दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग स्थानीय आवश्यकताअनुसार तालमेल गरेर चुनावमा भाग लिने तयारीमा छ ।

गठबन्धन दलहरुले स्थानीय तहसम्मै संयन्त्र निर्माण गरेर तल्ला तहको वस्तुगत अवस्थाबारे जानकारी लिँदै चुनावी तालमेलको तयारी गरिरहेका छन् ।

द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार