देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तत्काल कुनै पनि पार्टीसँग एकता हुँदैन : महासचिव वैद्य

0

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्यले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन् ।

राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासचिव वैद्यले नेकपा (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट पार्टीसँग आफ्नो पार्टी एकताको पक्षमा नरहेको स्पष्ट धारणा राखेका हुन् ।

“हामीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’सँग पार्टी एकताको कुरा गरेका छैनौँ, उहाँहरु दुवै जनासँग पार्टी एकता हुन सक्दैन ।” वैद्यको भनाई थियो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पनि आफ्नो पार्टीको एकता हुन नसक्ने वैद्यको भनाइ थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार