देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

तनहुँको व्यास नगरपालिकामा कांग्रेस विजयी

0

काठमाडौं – तनहुँको व्यास नगरपालिकाका नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन् ।

मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गरे ।

यता उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत पाएकी छन् ।

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गरेका हुन् । अघिल्लो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गरेका थिए । न्यौपानेले १३ हजार ४ सय ६४ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार ५९२ मत पाएका थिए ।

यस पालिकामा उनका प्रतिस्पर्धी रहेका जोशी काँग्रेसबाट असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोराले नेकपा एमालेसँग तालमेल गरी चुनाव लडेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार